वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व नवमी - ९
परिचय
देशभरीका करिव २०० स्थानीय तहका प्रशासनिक केन्द्रहरुलाई सर्वयाम चल्ले सडकमार्फत तथा सडक संजालसँग नजोडिएका २१ स्थानीय तहका प्रशासनिक केन्द्रहरुलाई सडक संजालसँग जोडी स्थानीय तहको सवर्तामुखी आर्थिक सामाजिक विकास मार्फत दिगो शान्ति, समृद्धि र विकास हासिल गर्ने लक्ष्यले नेपाल सरकार मार्फत तर्जुमा गरिएको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (PLRIP) रुपान्तकारी परियोजना हो । विश्व बैंकबाट वित्तिय सहयोग प्राप्त यो कार्यक्रम हाल सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र मधेश प्रदेशमा संचालित छ । केन्द्रमा शहरी विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रिय कार्यक्रम समन्वय इकाई (CPCU) र प्रदेशमा प्रादेशिक आयोजना समन्वय इकाई (PPMU) ले यस कार्यक्रम अन्तर्गत योजना सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कन र समग्र व्यवस्थापनको कार्य गर्दछन् भने प्रत्येक पूर्वाधार विकास कार्यालयहरु अन्तर्गत उप-परियोजना कार्यान्वयनका लागि परियोजना सहयोग ईन्जिनियर (PSE) र सामाजिक परिचालक (SM) सहित एक सानो प्राविधिक इकाई गठन गरिएको छ ।